सरकारले माफियालाई जोगाएको भन्दै मेडिकल कलेजका विद्यार्थीले प्रवेशपत्र जलाए

काठमाण्डौं – मेडिकल कलेजहरुले अवेध रुपमा लिएको शुल्क फिर्ता गर्नेबारे सरकारले माफियालाई जोगाउने गरी कलेजसँ संचालकसँग गरेको दुई बुँदे सहमतिप्रति जनाइरहेका मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् ।

बहिष्कारको आन्दोलनमा उत्रिएका उनीहरुले कलेजले बुधबार बाँडेको बिहिबारको परीक्षा प्रवेश पत्र सडक लगेर जलाएका छन् । यससँगै आन्दोलन थप कडा बन्ने संकेत दिइएको छ ।

बीरगन्जको नेशनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज ९सीएमसी०, धनुषाको जानकी मेडिकल कलेज र भैरहावाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिष्कार गरेका हुन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमै उत्रिएर सहमतिविरुद्ध नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । भोलि बिहीबारबाट परीक्षा हुँदैछ ।

गत मंसिर १३ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भएपछि आन्दोलनले उठाएको माग तुहाउन सरकार र कलेज संचालबीच षडयन्त्रपूर्ण सहमति भएको आरोप उनीहरुको छ ।

सहमति खारेज गरेर आन्दोलनरत विद्यार्थीसहितको पक्षबीच वार्ता र सहमति नगरेसम्म आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थीहरुको भनाई छ । चिकित्सा शिक्षामा माफियाहरुको चलखेल र महंगीले सीमा नाघेको तथा अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा २० लाख रुपैयाँसम्म कलेजहरुले अवैध रुपमा शुल्न असुलेको फहेरिस्तसहि तगत भदौबाट चिकित्साा शिक्षा संघर्ष समितिको नेतृत्वमा आन्दोलन चलाइरहेका छन् ।

संघर्षको नेतृत्व विप्लवका पुत्र प्रकाश चन्दले गरिरहेका छन् । सरकारले आन्दोलनरत विद्यार्थीको माग छलेर मेडिकल माफियासँग झुकेर सहमति गरेको भन्दै खारेज गर्न उनले सरकारसँग माग गर्दै आएका छन् ।