काठमाण्डौं – महेन्द्र राजमार्गअन्तर्गत नारायणगढी–बुटवल सडक खण्डका ४६ हजार काटिने भएको छ । उक्त सडक खण्डमा ४ लेनको सडक विस्तार गर्न वन मन्त्रालयले अनुमति दिएपछि काटिने भएको हो ।
उक्त सडक खण्डमा सडक फराकिलो बनाउने क्रममा नारायणढदेखि बुटवलसम्मको क्षेत्रभित्र पर्ने ४६ हजार २ सय ९४ हजार रुख काटिनेछन् ।
वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई पत्र पठाएर सडक फराकिलो पार्न आवश्यक पर्ने संख्या काटन पत्रचार गरिसकेको छ । सरकारले पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई ६ लेनको बनाउने योजना बनाएको छ ।
तत्कालका लागि यो खण्डमा ४ लेनको बनाउने भएपछि रुख काट्ने अनुमति दिन सडक कार्यालयले वन विभागसँग अनुमति माग गरेको थियो । सोही मागअनुसार विभागले अनुमित दिएको हो ।
पूर्वी नवलपरासीतर्फ सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट दाउन्ने–गैंडाकोट खण्ड र दाउन्ने–बुटवल खण्ड गरी दुई समूहमा बाँडेर एकैचोटी काम सुरु गरिएको छ । नारायणगढ–बुतवल सडक खण्डको लम्बाई ११४ किलोमिटर रहेको छ ।