नबनिर्बाचित केन्द्रीय पदाधिकारीहरुलाई एनआरएनए बेल्जियमको सम्मान

गैर आबासीय नेपाली संघ बेल्जियमले भर्खर काठमाडौंमा सम्पन्न संघको महाधिबेशनबाट केन्द्रीय कार्यसमितिमा निर्बाचित भएका आफ्ना पन्जिक्रित सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । बेल्जियममा बसोबास गर्ने अर्जुन कुमार श्रेष्ठ आईसिसीको उपाध्यक्ष , लोक प्रशाद दाहाल आईसिसी सह कोषाध्यक्षमा निर्बाचित र योगिता थापा युरोप महिला सन्योजकमा निर्बिरोध निर्बाचित हुनु भएको थियो ।
आईतवार एनआरएन बेल्जियम द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आईसिसीमा निर्बाचित पदाधिकारीहरुलाई बिभिन्न ब्यक्तिहरुले बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । बिक्र्ती रहित एनआरएन सबैको आकांक्षा भएकोले त्यसलाई पुरा गर्न खरो उत्रिन सुझाब दिदै बिदेश बस्ने नेपालीहरुको साझा चौतारी यही सङ्गठन भएकोले यसको मर्यादा र शाख जोगाउन लाग्न आग्रह गर्दै बेल्जियमबासी नेपालीहरुबाट एनआरएन केन्द्रले नेपाल र नेपालीका गर्ने हरेक कार्यमा सधैं सहयोग रहने पनि विश्वाश दिलाएका थिए ।
कार्यक्रममा आफुहरुलाई सम्मान गरेकोमा धन्यबाद दिदै नबनिर्बाचित आईसिसी उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सहकोषाध्यक्ष लोक दाहालले संगठनको सुद्रिड्ढीकरण र आम एनआरएनको विश्वाश जित्ने गरी काम गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको थियो।
नेपाली दुताबास बेल्जियमका उपनियोग प्रमुख एबम कार्यबाहक राजदुत सुधिर कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदी र सन्चालन महासचिब तिर्थ धमलाले गर्नु भएको थियो ।
एनआरएनए आईसिसी सदस्य सन्तोष जोशी ( सुवास) , निवर्तमान युरोप संयोजक शिब वरुवाल, ओेएनएफ बेल्जियमका अध्यक्ष बोधराज पौडेल, नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला, पत्रकार ओम शर्मा , तमु समाज बेल्जियम अध्यक्ष दुर्गा गुरुगं,एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्ग केसी लगायतले नबनिर्बाचित केन्द्रीय पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।