लिपुलेक अतिक्रमणविरुद्ध भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने हरुमाथि प्रहरी दमन र धरपकड

काठमाण्डौं – नेपाली भूमि लिपुलेकमाथि भारतले अतिक्रमण गरेपछि भूमि फिर्ता गराउनेबारे भारत सरकारको ध्यानाकर्षण गराउन नेपालका लागि भारतीय राजदूतावास रहेको काठमाडौंको लैनचौंरमा ज्ञापन पत्र बुझाउन जानेहरुमाथि प्रहरीले दमन गरेर अवरोध गरेको छ ।
आफ्नो भूमि फिर्ताको माग गर्दै भारतीय शासक वर्गको ध्यानााकर्षण गराउन भन्दै ज्ञापनसहित जाने क्रममा उनीहरुमाथि व्यापक दमन र धरपकड गरेको छ । दमन र धरपकडको तस्बीर खिच्ने क्रममा पत्रकार शोभराज बराललाई समेत गिरफ्तार गरेको छ ।
प्राप्त समाचार अनुसार विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनहरुले आइतबार दिउँसो १ बजे काठमाडौंको घण्टाघरबाट र्याली जुलुससहित लौनचौरमा पुगेर राजदूतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम शुरु भएलगत्तै दर्जनौं संख्यामा आएका प्रहरीले घण्टाघरमै दमन गरेको हो ।
दमनपछि तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेललगायत आठ जना गिरफ्तार परेकाे जनाएका छन् । गुरुङ विप्लव नेकपाका पूर्व केन्द्रीय सदस्य हुन् ।
पूर्वघोषित विरोध कार्यक्रमअनुसार सोमबार दिउँसो १ बजे प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन भारतीय दूतावास र्याली जाँदै थियो । र्यालीसहित जुलुस निकाल्ने क्रममा घण्टा क्षेत्रमै दमन र गिरफ्तार गरिएकाे थियाे ।
पत्रकार बराल, गुरुङ कँडेललगायतलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएकाे छ । भिडियाे किन खिचेकाे ? भन्दै आफूलाई प्रहरीले पक्राउ गरेकाे जनाएका छन् ।