बिदेश पठाईदिन्छु ठग्दै हिड्ने कथित `अघोरी बाबा´ प्रहरी नियन्त्रणमा

काठमाण्डौं – पछिल्लो समय सामाजिक संजालमा कथित `अघोरी बाबा´ भन्दै सामाजिक संजाल खासगरी (युट्युव) मा छाएका बिजय के. सी. उनकी श्रीमतीलाई समेत महानगरीय प्रहरी प्रभाग बौद्धले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौंका अनुसार कथित अघोरी बाबा के. सी. ले बिदेश पठाईदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरिले सोधपुछका लागि नियन्त्रणमा लिईएको र उनिहरुसँग सोधपुछ चलिरहेको प्रहिले जनाएको छ ।