काठमाण्डौं – आगमी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ ।

सदस्यहरुमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम के.सी., अधिवक्ता तेज रावल –सदस्य, अधिवक्ता केशव रिजाल रहेका छन् । रिजाल समितिका सदस्य सचिव छन् ।

निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने लगायत जिम्मेवारी तोकिएको कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।