विप्लव नेकपा पूर्वकेन्द्रीय सदस्य आजाद गिरफ्तार

0

काठमाण्डौं – विप्लव नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

आजादलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति राधेराधे नजिक निकोसेराबाट गिरफ्तार गरेको हो । गिरफ्तारी पुष्टि भक्तपुर प्रहरीले गरेको छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको उनीबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

बाग्लुङ निवासी आजाद केन्द्रीय सदस्य रहेका बेला लामो समय भक्तपुर र पछिल्लो छोटो समय ललिपुर जिल्ला ईन्चार्ज भएका थिए । पछिल्लो समयमा भने आजादले पार्टी हित र नीति विपरीत गतिविधि गरेको भन्दै सम्पूर्ण जिम्मेवारीबाट हटाइएको थियो ।

आजाद यसअघि पनि गिरफ्तार भई लामो भक्तपुर र काभ्रे प्रहरीको लामो समयसम्म संगठित अपराधको अभियोगमा प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएका थिए ।

यस्तै सोही पार्टीले बिदाई गरेको पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी ‘मुकुन्द’लाई प्रहरीले कार्तिक ५ मा गिरफ्तार गरेको थियो । १३ दिनपछि लोहनीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटी लिई रिहा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.