काठमाण्डौं – भारत सरकारले आफ्नो देशको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक लगायत क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सा प्रदर्शनकारीले काठमाण्डौंमा जलाएका छन् ।

काठमाण्डौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा पुगेर नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले भारतको हस्तक्षेप बन्द गर्न अतिक्रमित नक्सा खारेजीको माग गर्दै नक्सा जलाएका हुन् ।

भारत सरकारको निर्णयको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै काडमाडौंको चाबहिलमा विरोध जुलुस गरेका छन् । बिहिबार पनि नेविसंघले काठमाण्डौका विभिन्न सरकारी क्याम्पसअगाडि विरोध प्रदर्शन र नक्सा जलाउने कार्यक्रम गरेको थियो । विरोध देशैभर फैलिँदै गएको छ ।

बिहिबार रोल्पा, बुटवल, बाँकेलगायत क्षेत्रमा भारतीय शासक वर्गको हस्तक्षेपकारी कदमको नेपालमा सशक्त रुपमा विरोध भइरहेका छन् ।
प्रदर्शन चकिँदै गएको बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गेर भारतको नयाँ सही भएको र नेपालको भूमि कहीकतै नचलाएको जवाफ दिएपछि प्रदर्शन झनै चर्किँदै गएको छ ।

नेपाल सरकारको तर्फबाट प्रदीप ज्ञवालीले नेतृत्व गरिरहेको परराष्ट्र मन्त्रालयले भने कालापानी क्षेत्रको विषयलाई लिएर सार्वजनिक भइरहेको सामाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै बुधबार बेलुका बेनामे प्रेस विज्ञप्ति निकालेर झारा टार्ने कामबाहेक औपचारिक रुपमा केही गरेको खुल्न आएको छैन ।