काठमाण्डौं – आज हरिबोधिनी एकादशी, कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजा आराधनासँगै एकादशी मनाइँदै छ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी ४ महिना विवाह व्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।