भारतले गरेको लिपुलेक अतिक्रमणविरुद्धका प्रदर्शन देशभर फैलिँदै

0

काठमाण्डौं – भारतले नेपाली भूमि दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग अतिक्रमणविरुद्ध मंगलबारबाट शुरु भएको विरोध प्रदर्शन देशभर फैलिँदैछ ।

भारत सरकारले उल्लेखित भूभाग समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बुधबार मात्र नक्सा खारेज गर्न र निर्णयबाट फिर्ता हुन भन्दै ‘गो ब्याक इण्डया’ नारा सहित काठमाडौंमा व्यापक प्रदर्शन भएको छ ।

बिहिबार बिहान बाँकेको कोहलपुरमा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरेका हुन् ।

अनेरास्ववियुका नेता राजेन्द्र विष्ट, मोहित शर्मा, हेमन्त भट्टराईले भारतले तत्काल नक्सा सच्याएर माफी नमागे कडा आन्दोलन गर्ने चेतावनी दिए । युवा संघले पनि भारतीय कदमविरुद्धमा आन्दोलन छेड्न बैठक आह्वान गरेको छ । युवा संघ बाँकेका अध्यक्ष किशोर थापाका अनुसार आजै बैठक बसेर आन्दोलन घोषणागर्ने बताए ।

त्यस्तै भारत सरकारले जारी गरेको नक्सामा नेपाली भूमि मिचेको विरुद्ध स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरेका छन् । रोल्पाली जागरुक समूहको व्यानरमा सदरमुकाम लिबाङ टुडिखेलबाट निस्किएको प्रदर्शनमा पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीवि सहभागी भएका छन् ।

सहभागीहरुले ‘गो व्याक इन्डिया’ को नारा लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र भारतले मिचिेको सबै भूमाग फिर्ता गराई सीमानामा काँडे तारबार लगाउन समेत सरकारसँग माग गरे । विरोध र्याली टुडिखेलमा पुगेर आयोजित कोण सभामा विद्यार्थी नेता शेरबहादुर थापा र आलोक पुन, नागरिक अगुवा घनश्याम आचार्य, पत्रकार महासंघको संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगरले नेपाली भूमि मिचेको नक्सा खारेर हस्तक्षेप बन्द गर्न भारतसँग आग्रह गरे ।

सीमा अतिक्रमणविरुद्ध नेपालीले प्रदर्शन जारी राख्नुपर्ने वक्ताहरुले बताए । विरोधमा काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावास लैनचौंरमा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत विभिन्न संघसंगठनहरुले घोषणा गरेका छन् ।

त्यस्तै मोरङको विराटनगर र सीमा क्षेत्रमा पनि नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा स्वतन्त्र युवा समाजकाे नेतृत्वमा स्थानीयले स्वस्फूर्त प्रदर्शन गरेका छन् । ललितपुरमा पनि प्रदर्शन गरेका छन् ।

बिहिबारै दिउँसाे ४ बजे काठमाडाैंकाे माइतीघर मण्डलामा स्वतन्त्र नागरिकहरुले हस्तक्षेपविरुद्ध प्रदर्नन गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.