सिमा मिच्न पाइदैन भन्दै नेपाल विद्यार्थी संघ सडक संघर्षमा

काठमाण्डौं – भारत सरकारले आफ्नो नक्सा नेपालका नालापानी र लिपु लेक जस्ता महत्त्वपूर्ण स्थानहरुलाई आफ्नो नक्सामा राखेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ । नेपाल विद्यार्थी संघ आर आर इकाईले त्यसका बिरुद्ध आज आर आर क्याम्पसमा बिरोध कार्यक्रम पनि गरेको छ ।
बिरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियार,नेपाल विद्यार्थी संघ आर आरका इकाई अध्यक्ष सन्जीव ढकाल संघका सचीव अनुराग शाह लगाएका नेताहरूले सम्बोधन गरेका थिए । बिरोध कार्यक्रममा सम्बोधन गर्ने सबैले नेपाल सरकारले भारतको यो कदमको बारेमा आफ्नो धारणा किन सार्वजनिक नगरेको भन्दै आक्रोशित बनेका थिए ।
उनीहरुले सरकारले मौन बसेर के लिपु लेक र कालापानी आफैले बेचेको हो त ? भनेर प्रश्न पनि गरे । भारत सरकारको यो रबैयाका विरुद्ध नेपाल सरकार मौन भए झन आन्दोलन चर्काउने नेपाल विद्यार्थी संघका आर आर इकाईका सचीव अनुराग शाहले जानकारी दिए । उनले आन्दोलनलाई खेलाची सोचे सरकारले त्यसको परिणाम नराम्रो पाउने पनि उनले तर्क गरे ।