लिपुलेक अतिक्रमणपछि भारतीय सरकारविरुद्ध आन्दोलन चर्किँदै

प्रदर्शनकारीकाे नारा- ‘गो ब्याक इन्डिया’
भारतद्वारा लिपुलेक अतिक्रमण प्रकरण
काठमाण्डौं – भारतीय सरकारले आफ्नो नयाँ नक्शामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई राखेको पाइएपछि विरोधमा नेपालमा एकाएक आन्दोलन चर्किँर्दै गएको छ ।
बुधबार मात्र काठमाडौंमा सत्तारुढ दल नेकपाका विद्यार्थी संगठन र विपक्षी दलका सम्पूर्ण विद्यार्थी संगठनहरुले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
भारत सरकारका विरुद्धमा कडा शब्दमा नारा लेखेर प्ले कार्ड, ब्यानर र पोस्टर सहित विरोध प्रदर्शन शुरु गरेका छन् । नक्सा नसच्याएसम्म र भारत सरकारले माफी नमागेसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरुको भनाई छ ।
सत्तारुढ दलका अनेरास्ववियू, कांग्रेसका नेपाल विद्यार्थी संघलगायतले बुधबार दिउँसो मइतीघर मण्डला, रत्नर्पाक क्षेत्रमा विरोध जुलुस निकालेका छन् । जुलुसमा सयौं युवायुवती र विद्यार्थीहरु सहभागी भए ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो, भारतीय हस्तक्षेप बन्द गर, भारत फिर्ता जाउ’ जस्ता नारा लेखका ब्यानर, प्ले कार्ड बोकेर भारतीय सरकारविरुद्ध आक्रोश पोखेका छन् । ‘गो ब्याक इन्डिया’ लिखित प्ले कार्डले सडक भरिएको छ ।
विरोध जुलुसपछि कोणसभा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले भारतले आफ्नो नयाँ नक्शामा राखिएको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल हटाएर बाहिर ल्याउन चेतावनी दिएका छन् । कालापानी पुगेर भारतीय शासकलाई धपाउने चेतावनी पनि उनीहरुले दिए । वक्ताहरुमा विद्यार्थी नेताहरु रन्जित तामाङ, विरेन्द्र बस्नेतलागयत थिए ।
विप्लव नेकपाले लिपुलेकमाथि भारतीय अतिक्रमण विरुद्ध एक हप्ते विरोध कार्यक्रम घोषणाा गरिसकेको छ । उसले कार्तिक २६ गते भारतीय सरकरका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र अतिक्रमित नक्शा जलाउने भएको छ ।