कांग्रेसले बनायाे खेमराज पौडेललाई कास्की – २ का उम्मेद्वार

काठमाण्डौं – नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेद्वारी टुंगो लगाएकाे छ। स्थानीय नेता खेमराज पौडेललाई बनाउने अन्तिम टुंगो बुधबार पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेकाे बैठकले निर्णय गरेकाे हाे ।
चर्चामा रहेका नेता धनराज गुरुङले उम्मेद्वार नबन्ने बताएपछि नेता पौडेललाई टिकट दिइएकाे हाे । मंसिर १४ मा कास्कीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपचुनाव हुँदैछ ।
यसअघिका उक्त क्षेत्रबाट विजयी सांसद रविन्द्र अधिकारी मन्त्री छँदाकै समयमा गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि खाली रहेको स्थानमा उपचुनाव हुन गइरहेको हो ।
उपनिर्वाचनको उम्मेद्वार टुंगो लगाउने जिम्मा गत हप्ता बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई दिएको थियो ।