काठमाण्डौं – संयुक्त राज्य अमेरिकाले नेपालमाथि गम्भीर आरोप लगाएको छ । उसले नेपालभित्र भारतीय आधार क्षेत्रमा सक्रिय मुस्लिम आतंकवादी संगठनको आश्रयस्थल रहेको र अझै रहने गम्भीर आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार सार्वजनिक गरेको ’कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे चर्चा गर्दै यस्तो संगिन आरोप लगाएको हो । मुस्लिम आतंकवादी संगठन ‘इण्डियन मुजाहिद्दीन (आईएम)’ले नेपाललाई आश्रय र गतिविधि बढाउने स्थलको रुपमा प्रयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ ।

यही संगठनले सन् २००५ देखि भारतका विभिन्न शहर र क्षेत्रमा बम विष्फोट, हतियारसहित आक्रमण र हत्या गर्दै संगठन विस्तार गर्दै आइरहेको दाबी उसले गरेको छ । साथै नेपालमा समेत संगठन विस्तार गरिएको र ठूलो अखडा बनाएको जिकिर प्रतिवेदनमा उल्लेख छ ।

खुला सिमाना र काठमाण्डूस्थित देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने बताइएको छ ।

मुजाहिद्दिनको सम्बन्ध पाकिस्तानमा आधारित रहेर संचालित लस्कर–ई–तोयबा, जैस–इ–मोहम्मद र हराकाद–ग–िजिहाद इस्लामिकसँग रहेको जिकिर प्रतिवेदनले गरेको छ । डोनाल्ड ट्रम्पले पनि राष्ट्रपति बनेदेखि विकासोन्मुख र प्रतिस्पर्धी मुलुकमाथि स्वार्थको निशाना सोझ्याउन छाडेका छैनन् ।

यसबारे नेपाल सरकारको औपचारिक रुपमा कुनै कोणबाट भनाई सार्वजनिक भइसकेको छैन । अमेरिकाको यो आरोपलाई सरोकारवालाहरुले भने विभिन्न बहाना बनाएर आप्ननाे सैन्या रणनीतिलाई नेपालभित्र खडा गराउने षडयन्त्रको रुपमा लिएका छन् ।  साथै कुनैपनि प्रकारका अन्तर्राष्ट्रिय आतंकवादी संगठनको लागि नेपाल आश्रयस्थल वा विस्तार गर्ने भूमि हुन नसक्ने उनीहरु बताएका छन् ।

प्रतिवेदनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको गतिविधि र गतिविधिको जिम्मेवारी लिएका विषयलाई ‘आन्तरिक आतंकवादी गतिविधि’को रूपमा परिभाषित गरिएको छ ।