काठमाण्डौं – नेपाली कांग्रेसले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै ध्यानकर्षण भएको ट्विट गरेका हुन् ।

उनले लेखेका छन्, कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोकाबारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !

नयाँ दिल्लीले जारी गरेको नयाँ नक्समा लिपुलेक भारतमा पारिएको बताइएको छ । तर, नेपाल सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । पाकिस्तानले पनि भारतले जारी गरेको नयाँ नक्सामा अस्वीकार्य भएको भन्दै आपत्ति जनाएको थियो ।