प्रधानमन्त्री ओलीले भने– ‘आई इम फिट’

काठमाण्डौं – स्वास्थ्य अवस्थालाई लिएर विभिन्न टिकाटिप्पणी र अनुमान भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आफू ‘फिट’ भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार साँझ धापासीस्थित ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएपछि ओलीलाई सञ्चारकर्मीले प्रधानमन्त्रीज्यू तपाईंलाई कस्तो छ ? भन्ने प्रश्न गरेका थिए । ओलीले जवाफ दिन इन्कार गरे । तर, गाडी चढेर बालुवाटार जाँदाजाँदै अंग्रेजीमा एक शब्दमा भने– ‘आई एम फिट’ ।
अस्पतालबाट बाहिरिँदा प्रधानमन्त्री हंसमुखमा देखिएका थिए । १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रोगप्रतिरोधी क्षमता कमजोर छ ।
पछिल्लो समय उनको रगतमा बिकारको मात्रा बढी देखिएको छ । ग्राण्डीमा रगत सफा गरिएको छ । यसअघि गत साउन र भदौमा प्रधानमन्त्री उपचारका लागि सिगपुुर गएका थिए ।