प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले आज डिस्चार्ज गर्न लागिएको जानकारी दिएका छन् ।
“प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस सकिएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय भएको छ,” अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने ।