सिरसियालाई पराजित गर्दै पाँचौ भलिबल प्रतियोगिता को उपाधी करकैटको पोल्टामा

जनकपुरधाम – जनकपुरधाम उपमहानगर पालिका वडा न. १८ मा आयोजित जिल्लास्तरिय पाँचौ भलिबल प्रतियोगितामा करकैटले जितेको छ ।
बिहिवार सम्पन्न प्रतियोगिताको फाईनलमा करकैटले सिरसियालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । करकैटले पहिलो सेट २१ – २४ दोस्रो सेट २३ – २५ र तेस्रो सेटमा १४ – २५ को सोझो सेटमा पराजित गरेको हो ।
स्थानीय सुर्य युवा क्लबद्वारा गत कार्तिक ११ गतेदेखि आयोजित जिल्लास्तरिय भलिबल प्रतियोगितामा कुल २२ टिमको सहभागीता रहेको थियो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाह प्रमुख अतिथी रहेको प्रतियोगिताको बिजयी टिमलाई प्रमुख अतिथी मेयर शाहले बिजेता टिमलाई शिल्ड सहित नगद पुरस्कर बितरण गरेका थिए ।
समाजवादी नेपाल पार्टिका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा नेता मण्डलले प्रत्येक बर्ष यो प्रतियोगिता गर्ने जानकारी दिदैं ब्यबस्थित स्टेडियम बनाउन आबश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरे ।