
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा जटिल समस्या देखीएको छ । ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए । स्वास्थ्यमा जटिल समस्या देखीएसँगै उनी आइसीयुमा भर्ना भएका छन ।
चेकजाँच पश्चात चिकित्सकले ओलीलाई आइसियुमा भर्ना गरेको बालुवाटार स्रोतले जनाएको छ। ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ ।
ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको दुई महिनाअघि सिंगापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो ।
मृगौला प्रत्यारोपणपछि ओलीले नियमित औषधि खाँदै आएका छन ।