धर्म,जातीयता र राजनीतिबाट अलग रही बिसुद्ध नेपाल र नेपालीका लागि योगदान गर्ने उद्यस्य बोकेको गठित अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”को पोल्यान्ड च्याप्टर शान्ती श्रेष्ठको अध्यक्षातामा गठन भएको छ ।

आईतवार पोल्यान्डमा भएको एक भेलाले नब गठित राष्ट्रिय समिती पोल्यान्डको उपाध्यक्षमा सुमन कुमार राई , महासचिबमा विश्वाश कट्टेल , सचिबमा दीपेन्द्र जिमी ,कोषाध्यक्षमा देवेन्द्र कुमार राई , युबा सन्योजक पबन चौधरी, महिला सन्योजक ज्योति सेढाईलाई चयन गरेको छ ।

संस्थाले पोल्यान्डबासी नेपालीहरु सँग ब्यापक अन्तर्कृया गरी आगामी कार्यक्रम र समितिको बिस्तार गर्ने जनाएको छ । पोल्यान्डका लागि हामी नेपाली ग्लोबलका कन्सुलर राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बेल्जियमका लागि कन्सुलर गीता लामा हुनुहुन्थ्यो।