बेल्जियमको राजनीतिक ईतिहासमा पहिलो पटक एक जना महिला राजनितिज्ञले प्रधानमन्त्रीको पद सम्हालेकी छिन् । सोसलिस्ट पार्टी एमआरकी नेत्री एबम पूर्व अर्थ मन्त्री सोफी विलमेस बेल्जियमको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।
बर्तमान कामचलाउ प्रधानमन्त्री चार्लेस मिशेल युरोपियन काउनशिलको अध्यक्ष निर्बाचित भएर आउदो डिसेम्बरबाट पद सम्हाल्नु पर्ने भएकोले ४४ बर्षिय मिशेल प्रधानमन्त्री बनेकी हुन ।
एक बर्ष् अगाडि भएको आमचुनाबमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसके पछी स्थाई सरकार बन्न सकेको छैन । पार्टीहरु बिच सरकार गठनबारे बार्ता भैरहेको छ र सहमतिको अर्को सरकार नबनुन्जेल विलमेस कामचलाउ प्रधानमन्त्रिको रुपमा रहने छिन् ।
आईतवार बिहान् एक बिशेष समारोहमा बेल्जियमका महाराज फिलिपले उनलाई पद तथा गोपनियताको सपथ गराएका छन ।