जनकपुरधाम – धनुषाको जनकपुरधाममा पेट्रोल पम्प संचालक मनोज साहको गोली हानी हत्या गरेको छ ।

दुई घण्टा अगाडितिर साहको गोली हानी हन्या गरिएको हो । साहमाथि गोली प्रहार गर्ने पंकज साहलाई प्रहरीले पक्राउ गरिसेकेको छ ।
मृतक ४० वर्षीय साह जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४ स्थित मुजेलिया बजारमा संचालित शिवपुरी पेट्रोल पम्पका संचालक रहेको बुझिएको छ ।

घटनास्थलमा त्यहाँको विद्युत प्राधिकरण कार्यालय नजिक रहेको छ । साहको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जनाइएको छ ।

लेनदेनको विषयमा उक्त घटना भएको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।