अप्ठ्यारो परिस्थिति सामना कांग्रेस तयार छः डा. शेखर कोइराला

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जस्तोसुकै कठिन परिस्थिति आइलागे पनि सामना गर्न पार्टी तयार रहेको बताएका छन् ।
सत्यको जीतको लागि अप्ठ्यारोमा समेत आफू सही मार्गबाट दायाँबायाँ नहुने र सोही अनुरुप अगाडि बढ्न कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् ।
सो कुरा नेता डा. कोइरालाले नेपाली कांग्रेस मोरङ् क्षेत्र नं ६ (ख) ले बिराटनगरमा शुक्रबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।
‘जस्तोसुकै अप्ठ्यारो अवस्था आएपनी सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनि डगमगाउँदिनँ’ सहभागी कार्यकर्तालाई निर्देशन दिँदै डा. कोइरालाले भने, ‘सत्यको मार्ग नै मेरो राजनीतिक लक्ष्य हो, यसमा तलमाथि हुनेछैन । यही बाटोमा तपाईहरु अगाडि बढ्नुस् ।’

अहिले नेपाली कांग्रेस संसद बन्द रहेको बेलामा सरकारले गरेका जनविरोधी निर्णय र चलाइरहेको अधिनायकवादी शासनको सडकबाट खरो विरोधमा उत्रिएको छ ।
सरकारले अहिले सहकार्य र सहमतिको बाटो बन्द गरेर मुलुकलाई जटिलतातर्फ धकेल्ने कामम गरेको उनको भनाई छ । उनले भने, ‘राष्ट्रियता र लोकतन्त्र बलियो बनाउन कांग्रेसले सहकार्य र सहमतिको ढोका सधै खुला राखेको छ, तर सरकारले उल्टो बाटो हिँड्न छाडेको छैन ।’

कार्यक्रममा प्रदेश नं. १ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रहरी प्रमुख ठाकुर ज्ञवाली र अन्य राजनीति दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।