नेपाली कांग्रेसले उपनिर्वाचनबारे ७ गते निर्णय गर्ने

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन गइरहेको केन्द्र, प्रदेश र स्थानीय तह गरी ३ तहका उपनिर्वाचनसम्बन्धी पार्टीको आधिरिक निर्णय आउँदो ७ गते लिने भएको छ ।
कार्यालयबाट उप्लब्ध सूचनाअनुसार कार्तिक ७ गते कांग्रेसको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले उपनिर्वाचनबारे ठोस निर्णय गर्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । उनका अनुसार बैठक सो दिन दिउँसो २ बजे बस्नेछ ।
उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य उपस्थित हुने जनाइएको छ ।