
जनकपुरधाम – धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा रहेको ढल्केबर एकेडेमीमा अध्ययनरत एक ७ बर्षिया र एक ९ बर्षिया बालिकामाथी ४३ बर्षिय शिक्षक टेकेन्द्र दाहालले पटकपटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।
गत असौज २८ गते बालिकाको परिवारका सदस्यको उजुरीको आधारमा शिक्षक दाहाललाई इलाका प्रहरी कार्यलयले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।
एकेडिमीको आवासमा नै बसेर अध्ययनरत दुबै बालिकालाई दशैं अघि बिदाको मौकामा पछील्लोपटक पटक यौन शोषण गरेको इलाका प्रहरी कार्यलय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
झापाको मेचिनगर नगरपालिका ३ घर भएका शिक्षक दाहाल ढल्केबर एकेडेमीको आवासमा नै बसेर सामाजिक बिषय अध्यापन गराउँदै आएका थिए ।
घटना सार्वजनिक भएपछि पीडित दुबै बालिका र आरोपित शिक्षक दाहालको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ परिक्षण गरिएको छ । आरोपी शिक्षक दाहालमाथी जबर्जस्ति करणिको मुद्दा दायर गरि थप अनुसन्धान अगाडि बढाईएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।