समाजवादी युवा संघ प्रदेश नं २ समायोजन सम्पन्न

जनकपुरधाम – सत्तारुढ समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघको समायोजन सम्पन्न भएको छ ।
केन्द्रिय कोषाध्यक्ष, प्रदेश अध्यक्ष तथा आर्थिक मामिला तथा योजना मन्त्री मा. विजय कुमार यादव, बिशिष्ठ अथिति केन्द्रिय सदस्य तथा केन्द्रिय युवा इन्चार्ज श्री देवी सुवेदी, केन्द्रिय सदस्य तथा केन्द्रिय युवा सह-इन्चार्ज श्री फिरोज मंसुर, बिशिष्ठ अथिति केन्द्रिय सदस्य, केन्द्रिय युवा अध्यक्ष, तथा प्रदेश नं २ भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मा. योगेन्द्र राय यादव हुनु हुन्थ्यो भने कार्यक्रमको अध्यक्षता केन्द्रिय युवा बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नं २ समायोजन कार्यदल संयोजक श्री संजिव यादव थिए । प्रदेश नं २का ८ वटै जिल्लाका युवा कार्यकर्ताहरुको भव्य उपस्थितिमा १५ पदाधिकारी सहित ६२ सदस्य प्रदेश युवा समिति गठन गरिएको जनाएको छ ।