काठमाण्डौं – वैदेशिक लगानी भित्र्याउने भनेर भाषण गरेर नथाक्ने गैरआवासीय नेपालीहरुको नवौं विश्व सम्मेलन यतिबेला राजधानी काठमाण्डौंमा सम्पन्न हुने तयारीमा छ । मंगलबार राजधानी काठमाडौंको तारे होटलमा शुरु भएको गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा महाधिवेशनले संघको नयाँ नेतृत्व पनि चयन गर्दै छ । जसका लागि बिहीबार बेलुका मतदान भएको छ । यो सामाग्री तयार पार्दासम्म मतगणना शुरु हुन सकेको छैन ।

संघको नवौं सम्मेलनसम्म आइपुग्दा यो पटक गैरआवासीय नेपालीहरुले देखाएको उच्श्रृंखल व्यवहारका कारण उनीहरुको निकै आलोचना भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको तोडफोड, सम्मेलनस्थल होटल हयातमा गरेको तोडफोड तथा हुलदंगा र दुई दिन लगाएर गरिएको मतदान तथा संघको आर्थिक प्रतिवेदन पारित हुन नसकेको विषयले गर्दा यो पटक उनीहरु आलोचकहरुको तारो बनेका हुन् ।

सामाजिक सञ्जालहरु गैरआवासीय नेपालीहरुलाई निकै आलोचना गरिएको छ । प्रायःले लेखेका छन्, ‘सरहरू, अर्कोपटक बरु अनलाइन चुनाव गर्नूस् तर प्लिज् यता ‘देश बनाउन’ नआउनूस् है।’

लेखक रामेश कोइरालाले ट्वीटरमा तिखो आलोचना गर्दै लेखेका छन्, ‘जितेर पनि सत्ताको नजिक हुने र यति लगानी गर्छौँ भनेर खोक्नेबाहेक कुनै गतिलो काम नभए पनि यसपालिको कुम्भमेलाका सहभागीहरूले चैँ मास्क लगाएको धुलोका कारण नभई लाजले हो भनेर सरकारले तिनीहरूलाई माफ गर्देओस् । सरहरू, अर्कोपटक बरु अनलाइन चुनाव गर्नूस् तर प्लिज् यता ‘देश बनाउन’ नआउनूस् है ।

यस्तै पत्रकार डीपी उपाध्यायले लेखेका छन्, ‘अर्को पटकबाट सरकारले प्रष्टसंग भनोसः हामी हाम्रो देश आफै बनाउछौं, पूर्व नेपालीहरु उतै रमाउदा राम्रो । एयरपोर्टदेखि होटलसम्म तोडफोड गरेर देश बनाउनु छैन हामीलाई ।’

सम्झना नामले ट्वीटरमा आफुलाई चिनाउने एक प्रयोगकर्ताले लेखेकी छन्, ‘मान्छेले देश छोड्यो, स्थायी बसोबास छोड्यो, नागरिकता छोड्यो, भाषा छोड्यो तर तोडफोड छोडेन भने सम्झनुस्, त्यो ‘एनआरएन’ हो ।’

अर्का पत्रकार मोद ढकालले लेखेका छन्, ‘हेर्नुस्, (हुन त सबैलाई भन्न नहुने हो) तर विदेश बस्दैमा सभ्यता र संस्कार सिकिन्न भन्ने कुरो नेपाल आएका गैरआवासीय नेपालीहरुलाई हेरेर थाहा पाउनुस् ।’

Mod Dhakal@ModDhakal

हेर्नुस्, (हुन त सबैलाई भन्न नहुने हो) तर विदेश बस्दैमा सभ्यता र संस्कार सिकिन्न भन्ने कुरो नेपाल आएका गैरआवासीय नेपालीहरुलाई हेरेर थाहा पाउनुस् ।512:16 PM – Oct 17, 2019Twitter Ads info and privacySee Mod Dhakal’s other Tweets

विशाल कुमार भण्डारीले लेखेका छन्, ‘एनआरएन सम्मेलन नेपालको लागनी सम्मेलन जस्तै हुनुपर्थ्यो। नेपालमा पूँजीको प्रवाह र सवोत्तम योजना छनोट, विभिन्न क्षेत्रमा लगानी गर्न पूँजी निमार्णका लागि प्रतिबद्धता आउनुपर्थ्यो तर खै? विडम्मबना, अधिकांश सदस्य दलका प्रतिनिधि बनेर आए(पूँजी जोह गर्ने छलफलमा होइन,नेता खोजी गर्न थाले ।

Bishal Kumar Bhandari@bishalasia

एनआरएन सम्मेलन नेपालको लागनी सम्मेलन जस्तै हुनुपर्थ्यो।
नेपालमा पूँजीको प्रवाह र सवोत्तम योजना छनोट, विभिन्न क्षेत्रमा लगानी गर्न पूँजी निमार्णका लागि प्रतिबद्धता आउनुपर्थ्यो तर खै ?

विडम्मबना, अधिकांश सदस्य दलका प्रतिनिधि बनेर आए-पूँजी जोह गर्ने छलफलमा होइन,नेता खोजी गर्न थाले ।96:54 PM – Oct 17, 2019Twitter Ads info and privacySee Bishal Kumar Bhandari’s other Tweets