यी हुन् दाङबाट गिरफ्तार विप्लव नेकपाका मध्यपश्चिम कमाण्ड ईन्चार्जसहित २१ जना

काठमाण्डौं – नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’सहित २१ जनालाई लाई बुधबार रातिको दाङ राजपुरको ग्रमिणका एक घरमा बैठक गर्दैगर्दाको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।
गिरप्तारमध्ये वीरजंग उपल्लो तहका नेता हुन् । पार्टीमा तत्कालीन पोलिटब्यूरो सदस्य थिए । अहिले पोलिटब्यूरो कमिटी छैन । मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई गत चैत ८ गते काभ्रेको खानीखोलाबाट गिरफ्तारपछि नख्खु जेलमा राखिराखेका अवस्थाबीच मध्यपश्चिम कमाण्डका ईन्चार्ज वीरजंग गिरफ्तार भएका छन् ।
वीरजंगले दुई महिना अघि मात्र कमाण्ड सम्हालेका थिए । त्यसअघि उनी लुम्बिनी ब्यूरो ईन्चार्ज थिए । मध्यपश्चिम कमाण्ड ईन्चार्जमा पार्टीका स्थायी समितिका सदस्य सन्तोष बुढा ‘विषम’ले सम्हालिरहेका थिए । विषम अहिले पूर्वी कमाण्ड ईन्चार्जको जिम्मेवारीमा छन् ।
विप्लव नेकपाले राजनीतिक हिसाबले चार पूर्वी, मध्यकेन्द्रीय, मध्यपश्चिम र पश्चिम कमाण्डमा विभक्त गरेर संचरना चलाउँदै आइरहेको छ । पश्चिम कमाण्डको नेतृत्व कञ्चनले गरिरहेका छन् । बुधबार राति ईन्चार्ज वीरजंगसहित जिल्ला नेतृत्व, जनवर्गीय संगठनका प्रमुखहरु गरी २१ जना गिरफ्तारमा परेका छन् । उनीहरुलाई दाङको मुंग्रेखोला स्थित जंगलबाट गएराति ९ बजेतिर दाङ प्रहरीले घेरा हाली गिरफ्तार गरेको जनाएको छ । लुम्बिनी ब्यूरोको नेतृत्व पनि वीरजंगले नै गर्दै आइरहेका छन् ।
प्राप्त जानकारी अनुसार गिरफ्तार पर्नेहरुमा १. चन्द्रबहादुर चन्द (वीरजंग) केन्द्रीय सदस्य, २. स)–राप्ती ब्युरो ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य केशवबहादुर बाँठा मगर (सुवास) ३. रामबहादुर थापा (सुन्दर)– राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक, ४. सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव, ५. यमलाल कटुवाल (विक्रम)– जिल्ला ईन्चार्ज, ६. प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी, ७. बविन केसी (पाटन, जंगली)– युवा संगठन नेपालका केन्दीय अध्यक्ष, ८. सुनिल पौडेल– बुद्धिजिवी, ९) एकराज चौधरी– एरिया नं. ४ का ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य, १०. धनबहादुर बोहोरा (महान)– एरिया नं. १ का ईन्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी, ११. तिलक पुन – पूर्वजनमुक्ति सेना, १२. सुरज विक– दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष, १३. हितप्रसाद रोका – पार्टी सदस्य, १४. पोष्टमान घर्ती– रोल्पा जिल्ला समिति सदस्य, १५. दलबहादुर खत्री– पार्टी सदस्य, १६. अमित घर्ती मगर– पार्टी सदस्य, १७. बालकृष्ण शर्मा – पार्टी सदस्य, १८. जीत क्षेत्री– पार्टी सदस्य, १९. रमेश आचार्य– पार्टी सदस्य, २०. विष्णु थापा– पार्टी सदस्य र २१. कुलबहादुर ओली –पार्टी सदस्य हुन् ।
गिरफ्तार गरिएको पुष्टि दाङ प्रहरीले गरिसकेको छ । सरकारले गत फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेयता बुधबार रातिको गिरफ्तार नै दोस्रो ठूलो हो ।
यसअघि नै विप्लव नेकपाका केन्द्रीय तहका नेताहरु सुदर्शन, माइला लामा र नविन विक ललितपुरको नख्खु जेज, बन्धुकुमारी चन्द कञ्चनपुर जिल्ला प्रहरीको हिरासतमा छन् । नेतृ चन्दबाहेकका नेताहरुमाथि राजद्रोह, संगठित अपराध, हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ, कर्तव्य ज्यान, आगजनी, ज्यान मार्ने उद्योगलगायत कसुरमा अभियोग लगाइएको छ ।
बुधबारको दाङको राजपुर गाउँपालिका–४ बाट गिरफ्तारपछि पार्टीले कुनै औपचारिक रुपमा प्रतिक्रिया जनाइसकेको छैन । वीरजंग पार्टीका महासचिव विप्लवका आफ्नै दाजु हुन् । वीरजंग जनयुद्धकै प्रभावशाली नेता हुन् । वीरजंगका सबै परिवार रोल्पाको इरिवाङबाट बसाई सरेर कपिलवस्तु बसोबार गर्दै आइरहेको छ ।