काठमाण्डौं – बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसर पारेर आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापन कार्यक्रम गर्दैछ ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने कार्यक्रममा एक लाख बढिलाई निमन्त्रणा पठाइएको नेकािले जनाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालका नामबाट एक लाख बढिलाई निमन्त्रणा पठाएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

यसअघि प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन अर्थात असोज २६ गते चियापान कार्यक्रम गरेको थियो । चियापान कार्यक्रमलाई दलहरुले राजनीतिक संवाद बढाउने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन् ।