काठमाण्डौं – राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ ।


धनुषाको जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौं पक्राउ परेका गरिएको हो ।

बुद्ध एयरको उजुरीका आधारमा आजै धनुषा जिल्ला अदालतले सांसद साहलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जीको अनुमति दिएको थियो । अनुमति आदेशको केही घण्टापछि नै उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

अहिले साहलाई अनुसन्धानका लागि धनुषा चलान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाण्डौं जनकपुर फर्किने सिलसिलामा त्रिभुवन विमानस्थल पुगेका बेला साहलाई पक्राउ गरिएको हो ।

साहले सोमबार जनकपुरस्थित बुद्ध एयरले टिकटमा तोकिएको समयभन्दा दुई घण्टा ढिलासम्म उडान नगरेपछि आक्रोश पाखेका थिए । सोही उडानमा काठमाडौंमा उपचारका लागि आउँदै गरेकी एक सुत्केरी पनि भएकोले तोकिएको समयमा उडान नगरेपछि प्रशासनसँग लफडा भएको थियो ।