फौजदारी अभियोगमा पाँच दिनमा दुई सांसद निलम्वित

काठमाण्डौं – हत्या आरोपमा पक्राउ परेका रौतहटको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलमलाई पदबाट निलम्बन गरिएको छ ।
संघीय संसदको सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै सांसद आलमलाई पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
बाह्र वर्ष अघिको हत्या घटनामा संलग्न रहेको देखिएको भन्दै आइतबार प्रहरीले जिल्लाबाट पक्राउ गरेको थियो । आलम रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसको तर्फबाट सांसद हुन् । उनीमाथि २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको अभियोग छ ।
यसअघि यौन दुव्र्यवहारको आरोपमा सभामुखलाई गएको बिहिबार संसद सचिवालयले सांसद पदबाट निलम्बन गरिएको सूचना जारी गरेको थियो । महरा अहिले सिंहरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ । उनी दाङको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद थिए ।
दुवै जनाविरुद्ध फौजदारी अभियोग लागेकोले निलम्बन गरिएको जनाइएको छ । फौजदारी अभियोगमा पाँच दिनको अवधिमा दुई जना सांसदलाई निलम्वन गरिएको हो ।