
काठमाण्डौं – २०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् ।
उनी पूर्व श्रममन्त्री समेत हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।