चिनियाँ राष्ट्रपतिको भ्रमण स्वागतयोग्य, ऋणको जालो प्रती सचेत रहनु पर्नेमा कांग्रेस नेता खतिवडा जोड

काठमाण्डौं – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्वागतयोग्य कदम रहेको बताउँदै चिनियाँ ऋणको जालो प्रती भने सचेत रहन सरकारलाई सुझाव दिएका छन् ।
चारदिशासँग कुरा गर्दै नेता खतिवडाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले बिश्वका जतिसुकै बिशिस्ट ब्यक्तीत्व नेपाल आएपनी उनिहरुको सुरक्षाको लागि नेपाली सेना सहित नेपालको सुरक्षा निकाय सक्षम रहेको सन्देश अन्तर्राष्ट्रियरुपमै प्रमाणित भएको उनको भनाइ छ । त्यो सँगै बिश्वकै धेरै जनसंख्या भएको मुलुकको राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा पर्यटन प्रबर्द्धनमा समेत उल्लेख्य सहायता पुग्ने उनको बिश्वास छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण अगावै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सि जिनपिङ बिचारधाराझ नै आयातीत गर्न लागेकोमा आपत्ति प्रकट गर्दै स्थिर कुटनितिको पालना गर्नुपर्ने उनको अडान छ ।
त्यस्तै पछिल्ला बर्षहरुमा विभिन्न देशहरु चिनियाँ ऋणको जालोमा परेको उल्लेख गर्दै उनले भने – हाम्रै सार्क सदस्य राष्ट्र पाकिस्तान, श्रीलंका र माल्दिभ्स मात्रै नभएर लाओस, मंगोलिया, मन्टेनेग्रो, ताजकिस्तान, जिबुटी जस्ता देशको अवस्था हेरेर सरकारले उपयुक्त निर्णय गरोस् । झन सरकारको उत्ताउलो पनाले देश गम्भीर संकटमा पर्ने बताउँदै सचेततापुर्वक सी को भ्रमणलाई नियाल्न पनि उनले सुझाव दिए ।