काठमाण्डौं उत्रे चिनियाँ राष्ट्रपति सी जिन पिङ

काठमाण्डौं – दुई दिने औपचारिक भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आइपुगेका छन् ।
राष्ट्रपति सी चढेको जहाज सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनी एयर चाइनाको विशेष विमानबाट काठमाण्डौं आएका हुन् ।
राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी छन् ।