ठूलो दुर्घटनाबाट बच्यो सीता एयरको विमान

काठमाण्डौं – रामेछाप जिल्लास्थित मन्थली विमानस्थलमा सीता एयर जहाजको इन्जिनमा चरा छिरेको छ ।
चरा छिरेपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान ९ बजे मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।
मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन् ।
जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए । जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।