हाई प्रोफाईल बलात्कार प्रयासको मुद्दामा पुर्व सभामुख महरा हिरासतमा, सांसद पद के हुन्छ ?

काठमाण्डौं – धैरै नाटकीय घटनाक्रमका उतारचढावका बिच नेपालको राजनैतिक इतिहासकै सबैभन्दा ठूलो र चर्चित यौनकाण्ड `बलात्कार प्रयास प्रकरण´ मा पुर्व सभामुख कृष्णबहादुर महरा अन्ततः पक्राउ परेका छन् ।
हिजो साँझ ६:३० बजे सादा पोशाकमा गएका प्रहरिले उनको बालुवाटार स्थित सरकारी निवासबाटै उनकै निजि सवारीमै राखेर महानगरीय प्रहरी बृत्त सिंहदरबारमा ल्याईएको हो । बृत्त परिसरमा ल्याईदैं गर्दा संचारकर्मी बाहेक उनका समर्थक, शुभेच्छुक वा कार्यकर्ता कसैको पनि उपस्तिथि देखिएको थिएन ।
पक्राउ परेसँगै आइतबार राती नै उनको स्वास्थ परिक्षण गर्दा उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि उनलाई हिरासत कक्षमा नै अक्सिजन दिने ब्यबस्था समेत गरिएको छ ।
यो सँगै `बलात्कार प्रयास प्रकरण´ मा पक्राउ परेका पुर्व सभामुख महरा सांसद पदबाट निलम्बित नहुने भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरे पनि सांसद पद भने रहि रहनेछ । तर, उनले सांसदको पारिश्रमिक र अधिकार भने पाउनेछैनन् । प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ ।
नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था छ । उक्त नियमको उपनियम ३ मा ’संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निजको पारिश्रिमक सेवा र सुविधा स्थगित हुने’ उल्लेख छ ।