
काठमाण्डौं – बलात्कार प्रयासको आरोप लागेका पुर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तैयारी अन्तिम चरणमा पुर्याएको छ ।
जरुरी पक्राउ´ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी थालेको प्रहरी उच्च स्रोतले
चारदिशालाइ जानकारी दिएको हो ।
सम्भवत आजै उहाँलाई पक्राउ गर्ने तयारी छ,´ प्रहरी उच्च स्रोतले भन्यो । कसैलाई तत्कालै पक्राउ गर्नुपरे प्रहरीले `जरुरी पक्राउ´ पुर्जी थमाएर पछि अदालत बाट पक्राउ पुर्जी लिने ब्यबस्था छ ।
हाल अदालत बन्द रहेकोले म्याद थप लगायतका काम दशैंपछि मात्र हुनेछ । प्रहरीले अदालतलाई जानकारी नदिई पनि २४ घण्टासम्म हिरासतमा राख्न सक्ने अधिकार छ । तर २४ घण्टा भन्दा बढी समयका लागी हिरासतमा राख्न अदालतको म्याद अनिवार्य हुने ब्यबस्था छ ।
स्मरण रहोस्, पुर्व सभामुख बाट बलात्कार प्रयास भएको भनिएकी पीडित महिला रोशनी शाहीले शुक्रबार अपरान्ह किटानी जाहेरी दिए सँगै प्रहरीलाई महारा पक्राउ गर्ने बाटो खुलेको हो ।