सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको एकताले पुर्णता पाएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को युवा संघ नेपाल र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वाइसीएल नेपाल बिचको एकताले पुर्णता पाएको हो ।

संघको संयोजकमा रामप्रसाद सापकोटा ` दिपशिखा ´ र सह – संयोजकमा रमेश पौडेल हुने पहिले नै सहमति भै सकेको थियो । बुधबार बसेको संघको बैठकले ३ सय ३२ सदस्यीय केन्द्रिय समितिको टुंगो लगाएको हो । ३ सय ३५ सदस्यीय केन्द्रिय समिति रहने भनिएपनी पुर्व वाइसीएल बाट ३ जना केन्द्रिय सदस्यको नाम सिफारिस गर्न बाँकी छ । यस्तै आज बसेको संघको बैठकले पहिलो केन्द्रीय समितिको बैठक कार्तिक १८ र १९ गते तथा २० र २१ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको संघले जनाएको छ ।