काठमाण्डौं – प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा. डिला पन्त संग्रौलाले नेपाल र नेपालीको बेइजत गर्ने सभामुख कृष्ण बहादुर महरालाइ कारबाही हुनुपर्ने बताएकी छन् ।

हाल अष्ट्रेलियामा रहेकी सांसद पन्तले चारदिशासँग कुराकानी गर्दै भनीन् सभामुख जस्तो गरीमामय पदमा बसेर  संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको महिलामाथी यस्तो हर्कत गर्नु निन्दनीय रहेको बताएकी हुन् ।

रास्ट्रको गरिमामय पदमा बसेर नेपालको नै बेइजत गर्ने सभामुख महराको कुनैपनि अधिकार न भएको र यसबाट विश्वमा नेपालबारे  कस्तो संदेश गएको छ उनले भनिन् ।

कांग्रेस सभापतिहरुद्वारा सभामुख महरालाई कारबाहीको माग

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापतिहरुले जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई कारबाहीको माग गरेका छन् ।

कांग्रेस सभापतिहरुको संयुक्त धारणा समेत सार्वजनीक गरेका छन् । उनिहरुले घटनाको छानविन गरि दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गरेका छन् ।

गएको आइतवार साँझ महिला कर्मचारी रोशनी शाहीले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।