भारत र पाकिस्तानबीच परमाणु युद्ध भए साढे १२ करोड मानिस मारिने चेतावनी

काठमाण्डौं – अमेरिकामा एक अध्ययनले दाबी गरेको छ कि यदि भारत र पाकिस्तानकाबीच परमाणु युद्ध भए यसको नतिजा निकै नै खतरनाक हुने छ । यति मात्रै होइन यसले संसारमा जलवायु परिवर्तनले हुने प्राकृतिक विपत्ति पनि बढाउँने छ ।
स्टडीका सह–लेखक रुट्गर्स विश्वविद्यालयका ऐलन रोबेकका अनुसार दुवै देशबीच परमाणु युद्ध भए साढे १२ करोड मानिसहरु मारिने छन् । उनले भने ‘यस्तो युद्धले त्यो ठाउँ वा स्थानमा मात्रै असर गर्ने छैन जहाँ परमाणु बम खस्नेछ, यसले पुरै विश्वलाई प्रभावित पार्ने छ ।
साइन्स अडवान्सेज जर्नलमा प्रकाशित स्टडीमा यो मानेर नोक्सानको अनुमान गरिएको छ कि २०२५ मा भारत र पाकिस्तानबीच परमाणु युद्ध हुन सक्ने छ ।