काठमाण्डौं – एयर चाइनाको बोइङ ७४७ – ८०० विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणअघि उक्त विमानले बुधबार दिउँसो परिक्षण उडान गरेको जनाइएको छ ।

विमान दिउँसो १ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । परिक्षण उडानसँगै विमान करिब बजेतिर पुनः चीन फर्केको बताइएको छ ।

राष्ट्रपति सि यहि असोजको अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएपनि मिति भने तोकिएको छैन ।