काठमाण्डौं – ‘जबर्जस्त करिणी’का आरोपी कृष्णबहादुर महराको नाम प्रतिनिधिसभाको वेभसाइटबाट हटाइएको छ ।

आरोपमाथि छानबिन गर्न भनी सभामुखबाट मंगलबार राजीनामा दिएका महराको नाम बुधबार अप्रान्हबाट हटाइएको हो ।

निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा आजै स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन थियो । सूचना जारीसँगै parliament.gov.np बाट नाम र तस्बीर हटाइएको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेको मात्र नाम र तस्बीर राखिएको छ ।

महरा प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य हुन् । सांसद पदबारे भने महरा मौन बसेका छन् ।