काठमाण्डौं – दस वर्षे सशस्त्र क्रान्ति ले स्थापित गरेको एकजना रोल्पाका नेता कृष्णबहादुर महरा यतिखेर आरोलो लाग्ने क्रममा छन् ।
सशस्त्र क्रान्तिका बेला महरामा कम्युनिष्ट विचार, सिद्धान्त, अनुशासन र नैतिकताको कडा बन्धन रहँदा उनी जनताका नेता रहे । शिक्षक जागिर छाडेर परिवर्तनको यात्रा क्रान्तिमा लाग्दा उनीमा झनै उच्च कोटी त्याग पाए ।
तर तत्कालीन सत्तासँग बिचमै सम्झौता भएपछि महरामा क्रान्तिलाई अधुरै छाडेर संसदीय व्यवस्थामा पलायन हुने नेताहरुको शान्ति प्रक्रिया लहरमा मिसिए । त्यसपछि २०६३ सालयता सत्ताको सुखभोगमा उनी कहिल्यै छुटेनन् । २०६४ र २०७० को संविधानसभाको चुनावमा उनी रोल्पाबाट माननीय भए । तत्कालीन विद्रोही माओवादीको वार्ता टोलीमा रहेर सरकारसँग निकैपटक चलेको वार्तामा महरा सामेल भए ।
नयाँ संविधान बनेपछि २०७४ को संसदीय चुनावमा दाङबाट माननीय बने । त्यसपछि उनी केन्द्रीय (संघीय) संसदको सभामुख बने । क्रान्ति (जनयुद्ध)का बेला कार्यकर्तादेखि नेतासम्म नैतिक र साँस्कृतिक अनुशासनको कडा लगाम लगाइएको हुन्थ्यो । त्योबेलाको माओवादी पार्टीमा तलदेखि माथिसम्म पैसा, रक्सी र यौन विषय निषेध हुन्थ्यो । ‘हजारौं गोलीको छर्राले नढलेका एक योद्धा यौनको लालसाले ढल्न सक्छ’ भन्ने कम्युनिस्ट क्रान्तिका आदर्श लेनिनको भनाईलाई पार्टीभित्र खुबै घोकाइन्थ्यो । तिनै पार्टीका नेता रहँदासम्म महरा पनि जनतामाझ प्रिय थिए । तर संसदीय व्यवस्थामा छिरेदेखिन प्रचण्ड व्यवस्थाकै उच्चतम् नेता बने । नेता महरा ‘एम सर’ भई उक्त व्यवस्थामा उच्च तहका पदमा अासिन भए । वर्गोत्थान भई सुकिला मुकिलामा दर्ज भए । क्रान्तिका बेला निषेध गरिएका सबै थाेकका बजारमा खेल्ने र दिनमै चारपटक पाेशाक फेर्नेमा फेरिए । साथै समाचार पनि अर्थाेकै माेर्चाकाे सुनिन थालियाे ।
रक्सी (जाँड), आर्थिक (पैसा) र यौन साँस्कृतिक रुपमा विचलन अर्थात लिप्त भएका हरेकलाई पार्टीभित्र कडा दण्डनीय मानिन्थ्यो । संसदीय व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकरको मासु बेच्ने थलो’ भनेर कार्यकर्तालाई प्रशिक्षण दिने महराहरु नै हुन् । यो घटनामा त्यसबेला थुप्रै कार्यकर्तालाई कमाण्डरले श्रम शिविरमा पठाइन्थ्यो । शिविरमा रहँदा आरोपीले डिक्ची ड्राइभर अर्थात झुठो भाँडा माझ्न, भान्से बनाउने, भारी बोक्न, उच्च जोखिम काममा लगाइने र कोर्ट मार्शलमा हालेर भौतिक कारवाही समेत गरिन्थ्यो । बादल, पम्फा, आलोक लगायत केन्द्रीय तहका नेताहरुलाई समेत साँस्कृतिक विचलनमा कारवाही गरे । त्यही अनुशासनका पनि महरा नेता थिए । उनी शिक्षकबाट आएका हुनाले अनुशासित नेतामा गनिन्थे । नेताका भाषण र प्रशिक्षणकै भरमा हजारौं नेता कार्यकर्ताले क्रान्तिमा बेपर्वाह ज्यान दिए । धेरै नेता कार्यर्ता मोर्चाबाट बचेर पनि आए । जनताले घाेरेनकाे फूलकाे माला उनेर लगाइदिए ।
तर तिनै महरा संसदीय व्यवस्थामा छिरे र अहिले उच्च पद सभामुख पदमा रहेकै बेला उनलाई यौनको एउटै झटकाले गल्र्याम्म ढालिदिएको छ । उनकै कार्यकक्ष मातहातका एक कार्यालयमा कार्यरत एउटी कर्मचारीसँग अनैतिक सम्बन्धले उनको राजनीतिक जीवनी क्षणभरमै धुलोमा विलय गराइदियो । पदबाट राजीनामा दिएर उनले उन्मुक्ति पाउने छैनन् । छानबिनको दायरामा तेर्सिने हरेक प्रश्नको जवाफ दिन अब उनी विवश छन् । जनताको नजरमा बलात्कारी बन्न पुगेका छन् ।
संसदीय व्यवस्था छिरेका तत्कालीन माओवादीका नेताहरुमध्ये महरा नै यौन काण्डमा चुर्लुम्म डुबेका उच्च तहका नेतामा दर्ज भएका छन् । ०६७ मा सांसद खरिदबिक्री काण्डमा चाइनिज व्यापारीसँगको चन्दा बार्गेनिङका काण्डमा मुछिए पनि महरा त्यसबाट बचेका थिए । तर आज ‘तावाबाट उम्केको माछा भुङ्ग्रोमा’को अवस्थामा महरा पुगे । ‘बलात्कार काण्ड’बारे छानबिन हुने र नहुने पक्षमा चर्चा चलिरहेको अवस्थाबीच सशस्त्र क्रान्तिमा बनेको साख संसदीय व्यवस्थामा नराम्ररी उडेको विश्लेषण भने शुरु भएको छ ।