काठमाण्डौं – सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेसँग नेपाल फेरि पराजित भएको छ ।

१६१ रनको लक्ष्य पाएको नेपालले ९ विकेटमा १२० रनमात्र बनायो । शुरुदेखि नै विकेट गुमाएको नेपालका ब्याट्म्यानहरु कुनै पनि बेला खुलेर खेल्न सकेनन् ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले २६ रन बनाए भने पारस खड्काले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । दिएको छ ।

चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ । नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।

नेपालले पहिलो विकेट १ रनको स्कोरमा पवन सर्राफलाई गुमायो । तेस्रो स्थानमा ब्याटिंग गर्न आएका दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर ५ रन थियो। ६ औं ओभरमा छक्का हान्ने प्रयासमा पारस आउट भए। त्यसपछि नेपाल खेलमा फर्किनै सकने। नेपाल पहिला खेलमा पनि जिम्बाबेसँग पराजित भएको थियो ।

जिम्बाबेका लागि कप्तान सन विलियम्सनले महत्वपूर्ण ३ विकेट लिए ।

यसअघि सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो । उसका लागि कप्तान सन विलियम्सनले सर्वाधिक ५३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २२ विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराले ११ विकेट लिए ।

सिंगापुरसहित सहभागी सिरिजमा नेपाल मंगलबार जिम्बाबेसँग पराजित भएपछि फाइनल दौड कमजोर भएको छ । जिम्बाबेको फाइनल पुग्ने सम्भावना बढेको छ ।

जिम्बाबेले दुई खेल जितेको छ भने अन्य दुई टिम एक एक खेलमात्र जितेका छन् । पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो ।

उता जिम्बाबे घरेलु टिम सिंगापुरसँग पराजित भएको थियो भने नेपालले सिंगापुरलाई पराजित गरेको थियो। अब नेपालले सिंगापुरसँग खेल्न बाँकी छ ।