नेपाली सन्सदका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदबाट रजिनामा दिएका छन । आईतवार राती एक महिलाको घरमा रक्सी लिएर पुगेका महरा रक्सी पिएर महिलालाई बलात्कार गरेको ती महिलाको आरोप छ । सन्सदको सचिबालयको स्वास्थ्य सेवामा कार्यरत महिला नर्शले सभामुख महराले लामो समय देखि आफुलाई बलात्कार गर्दै आएको बताएकी छिन् ।

महिलाका श्रीमान महराका साथी भएकोले महरा महिला सँग नजिकिएका थिए । महरा र महिलाको सम्बन्धका बारेमा पार्टी पन्क्तीभित्र सबैलाई जानकारी थियो । महिलाले छ महिना अगाडि आत्महत्याको प्रयास पनि गरेकी थिईन ।

नेकपाको सचिबालय बैठकले महरालाई सन्सद र सभामुख दुबै पदबाट रजिनामा दिन सुझएको थियो । सोही अनुसार महराले छानबिन नसकिदा सम्म पदबाट रजिनामा दिएको बताएका छन ।