काठमाण्डौं – गत शनिबार चितवनको चौविसकोठीस्थित ‘नेपालका लागि नेपाली’का अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमण घटनाको अनुसन्धान गरिने भएको छ ।
अनुसन्धानका लागि चितवन प्रहरीले डीएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको जनाएको छ । समिति पाँच सदस्यीय रहेको छ ।
समितिले आक्रमण घटनाबारे अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार बझुाउने जिम्मा पाएको छ ।
भ्रष्टचारविरुद्ध अभियान कार्यक्रम आयोजना गर्ने क्रममा शाहीमाथि घरेलु हतियारसहित आएको समूहले आक्रमण गरेको थियो । आक्रमणबाट शाही गम्भीर घाइते भएका छन् ।
उनलाई साेही दिन अान्तिरक उडानबाट काठमाडौंमा ल्याइ उपचार गराइरहेका छन् । टाउको, गर्धन, पाखुरालगायत माग गहिरो चोट लागेको छ । आक्रमणकारीले फलामको रड, भाला, चुपी लगायत हतियार प्रयोग गरेका थिए ।
सोही क्रममा बहिर्गमित पूर्व जनमुक्ति सेनाका ईन्चार्ज लेनिन विष्टमाथि पनि आक्रमण प्रयास भएको थियो । आक्रमणकारीलाई पक्राउ गरी कारवाही गर्न चौतर्फी आवाज उठ्र्दै गइरहेको बेला समिति गठना गरिएको हो ।