काठमाण्डौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम पनि खुलाउन नसकेको भनेर आलोचना गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकारले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भएको बताएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा –नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’, ‘भाषण गरेर, उखान टुक्का भनेर हुँदैन ।’ नेता सिंहले वर्तमान सरकारले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा पर्नेमा चाडपर्वको समयमा चर्को मुल्यबृद्धिको मार खेप्नु परेको तर्फ जिम्मेवार बन्न सरकारलाई आग्रह समेत गरे।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर असफल भएको बताए । ‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन’, ‘हरेक ठाउँमा असफल भएको छ ।’

वर्तमान सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिएका छन् । नेता सिंहले सी विचारधारालाई ल्याएर अरु काम को प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आरोप समेत लगाएका छन् । ‘चिनियाँ मोडलको व्यवस्था देशमा भित्र्याउने कार्य गर्न खोजे दुर्भाग्यपूर्ण हुने समेत बताए ।’

सरकारलाई नेपालको संविधानको मर्म र भावना विपरित काम नगर्न समेत सुझाव दिएका छन् । ‘यो सरकारलाई संविधान विपरितका कार्य गर्ने अधिकार छैन’ संविधान बिपरित काम भयो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिए । चाडपर्व हरुको को अवसरमा सबै को बिचमा तिक्तता पन्छायर एकता र हार्दिकताको शुभारम्भ हुन सकोस भन्दै शुभकामना समेत दिएका छन् ।