एजेन्सी – पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई बहिस्कार गरेका छन् । कुरैशी तबसम्म सार्क विदेश मन्त्रीहरुको बैठकमा गएनन् जबसम्म भारतका विदेशमन्त्री एस जयशंकर त्यहाँ उपस्थित भए ।
इण्डियन एक्सप्रेसका अनुसार जयशंकर जब बैठकस्थलबाट बाहिरिए तब कुरैशी आए र उनले भने, ‘तपाईँलाई के लाग्छ म कश्मीरको कसाईसँग सँगै बस्छु ?’
जयशंकरले पाकिस्तानलाई अत्यन्त चुनौतीपूर्ण छिमेकी बताए । उनले भने, ‘भारत यस्तो छिमेकीसँग कुरा गर्दैन जो आतंकवादलाई हतियार बनाउँछ ।’
उनले अगाडि भने, ‘पाकिस्तानसँग क्रिकेट खेल्न फेरि सुरु गर्ने कुनै सवाल नै हुँदैन ।’