साउदी राजकुमारले लिए खसोग्गी हत्याको जिम्मेवारी

रियाद \ एजेन्सी – साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् ।
मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् । साउदी अधिकारीले उक्त घटनामा सलमानको भूमिका नरहेको बताउँदैआएका छन् ।
पत्रकार मार्टिन स्मिथले सार्वजनिक गर्न लागेको दस्तावेजमा यस्तो खुलासा भएको हो । गत वर्ष भएको खसोग्गीको हत्यालाई संसारभर चासोका साथ हेरिएको छ ।