हामी तपाईँहरुलाई कहिल्यै माफ गर्ने छैनौँ

क्लाइमेट समिटमा ग्रेताको सम्बोधन
एजेन्सी – यो गलत हो। म यहाँ उभिएकी हुने थिइन। म समुद्रको अर्को किनारपट्टिको विद्यालयमा हुने थिए । र पनि तपाईँहरु सबै मसम्म आश लिएर आउनुभएको छ? कसरी आँट गर्नुभयो यस्तो !
तपाईँहरुले मेरो सपना छिन्नु भयो, मेरो बालापन खोस्नुभयो आफ्ना फुस्रा आश्वासनहरुले । र, पनि म केही भाग्यमानी मध्ये एक हुँ। मानिसहरु समस्याग्रस्त छन् । मानिसहरु मरिरहेका छन्। सम्पूर्ण पारिस्थितिक प्रणाली ध्वस्त भइरहेको छ। हामी आम विनास या विलयको सुरुवातमा छौँ। र, तपाईँहरु सबैले पैसा र समग्र आर्थिक वृद्धिको सुनौला कुरा मात्रै गर्नु हुन्छ । यस्तो दुष्साहस कसरी गर्नु हुन्छ !
पछिल्लो ३० भन्दा बढी वर्षदेखि विज्ञान स्पष्ट छ। अन्तै हेर्ने दुष्साहस कसरी गर्नुभयो, र यहाँ आउनु भएको छ कि हामीले पर्याप्त प्रयास गरिरहेका छौँ, राजनीति र त्यसले समाधान चाहिँ अझै कतै देखिएकोसम्म छैन ।
हामीलाई सुनेका छौँ भन्नु हुन्छ र भन्नु हुन्छ कि अत्यावश्यकता पनि बुझेका छौँ। तर म जति नै आक्रोशित या दुःखी भए पनि, मलाई विश्वास भने छैन। किनकी यदी तपाईँहरुले अवस्था पूर्णरुपमा बुझेको र पनि आवश्यक कार्य गर्न असफल भएको भए, तपाईँहरु शायद दानव हुनुहुन्छ। र, म यो स्वीकार गर्न अस्वीकार गर्छु ।
कार्बन उत्सर्जन १० वर्षभित्र आधा कम गर्ने चर्चित योजनाले हामीलाई तापमान वृद्धि १.५ डिसी कायम गर्ने सम्भावना मात्रै ५० प्रतिशत दिन्छ, र अपरिवर्तनीय चक्र जस्तै गरेर रहेको प्रभावको चुनौती मानव नियन्त्रण भन्दा बाहिर छ ।
हुन सक्छ तपाईँहरुका लागि ५० प्रतिशत स्वीकार्य छ । तर यो अंकले जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावलाई कम गर्न या उल्ट्याउन सक्दैन। प्रदूषणका कारण विषाक्त बन्दै गएको वायुका कारण बढी रहेको थप ताप या न्याय तथा समताको पक्षलाई छुँदैन । शायदै रहने प्रविधिहरुबाट तपाईँहरुले छोडेको अर्बौँ टन कार्बनडाइअक्साइड मैले र मेरा सन्ततीहरुले लिनु पर्ने छ। त्यसैले ५० प्रतिशत जोखिम या मात्रै ५० प्रतिशत समाधान स्वीकार्य छैन हामीलाई, किनकी हामीहरु जलवायु परिवर्तनको प्रभावमा बाँच्नु पर्नेछ ।
विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि १.५ डिसी भन्दा कम रहने सम्भावना ६७ प्रतिशत छ, जुन जलवायु परिवर्तनका लागि अन्तरदेशीय कमिटीले दिएको उत्कृष्ट विकल्प हो। सन् २०१८ को जनवरी १ मा विश्वमा ४२० गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गर्न सक्ने क्षमता रहेको भनिएको थियो। अहिले अब मात्रै ३५० गिगाटन भन्दा कम छ। यस्तो अवस्थामा तपाईँहरु कसरी यो दुष्साहस गर्न सक्नु हुन्छ कि अहिलेकै व्यवसाय र केही प्राविधिक समाधानले यो भीमकाय समस्या समाधान हुनेछ भनेर ।
आजको उत्सर्जन दरले बाँकी रहेको कार्बन डाइअक्साइड उत्सर्जनसँग जुध्न सक्ने क्षमताका लागि तय गरिएको बजेट अबको साढे ८ वर्ष भन्दा कम समयमा सकिनेछ ।
यहाँ कुनै अर्को समाधानको विकल्प या योजना प्रस्तुत गरिएको छैन । तर तथ्यांकका अंकहरु डरलाग्दा छन् र भुल्न सकिने खालका छँदैछैनन् । र पनि तपाईँहरु अवस्था जस्तो हो त्यस्तै भन्न अझै पनि सकिरहनु भएको छैन या चाहनु भएको छैन ।
तपाईँहरुले हामीलाई असफल बनाइरहनु भएको छ । तर हामी किशोर किशोरीले तपाईँहरुको छल बुझ्न थालेका छौँ । भावी पुस्ता सबैको नजर तपाईँहरुमा छ । र यदी तपाईँहरु हामीलाई असफल बनाउने पक्ष रोज्नु हुन्छ भने हामीले कहिल्यै माफ गर्ने छैनौँ ।
हामी तपाईँहरुलाई यसबाट भाग्न वा पन्छिन दिने छैनौँ । अहिले र यहिँ हामीले रेखा कोर्ने छौँ । विश्व उठिरहेको छ, जागिरहेको छ । र परिवर्तन आउँदैछ, चाहे तपाईँहरु यसलाई रुचाउनुस् या नरुचाउनुहोस् ।
(स्वीडेनकी जलवायु अधिकारकर्मी १६ वर्षे किशोरी ग्रेता थुनबर्गले सोमबार अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको युएन क्लाइमेट एक्सन समिटमा गरेको सम्बोधनको अनुवाद ।)